काडमाडौं । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।
चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो । १८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको विज्ञप्तिमा उल्लेख छ । परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह समेत गरेका छन् ।
विज्ञप्तिमा उल्लेख भए अनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
यस्तै, डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६७० शुल्क लिन पाउनेछन् ।यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन् ।
डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८८० रुपैयाँ लिन पाउनेछन् ।डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन
डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब
नक्कली डाक्टर पक्राउ
इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु