पुनःनिर्माणका लागि प्राविधिक खटाइयो

मंगलबार, ०४ पुस २०७४, १५ : ५५
पुनःनिर्माणका लागि प्राविधिक खटाइयो

लमजुङ, ४ पुस । लमजुङका स्थानीय तहमा घर पुनःनिर्माणका लागि प्राविधिक खटाइएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत् प्राविधिकलाई स्थानीय तहमा खटाइएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्राविधिकलाई निर्देशन र सुझावसहित विनाशकारी भूकम्पपछि जिल्लाको अवस्थाबारे जानकारी गराइएको थियो ।

जिल्लामा इञ्जिनियर, सव इञ्जिनियर, असिस्टेन्ट सव इन्जिनियर गरी २५ जना प्राविधिक खटिएका र उनीहरूले  पुनःनिर्माण गरिएका घरको निरीक्षण र जाचँपास, निर्माणाधिन घरमा प्राविधिक सल्लाह दिने, घर निमार्णका लागि किस्ता सिफारिस गर्ने लगायतका कामगर्ने छन् ।

भूकम्पबाट लमजुङका १३ हजार ९५९ घर पूर्ण क्षति र ५३९ घर प्रवलीकरण अन्तर्गतका लाभग्राही सूचीमा रहेकामा  १२ हजार ५६१ घरपरिवारले पहिलो किस्ता बराबरको रु ५० हजार बुझिसकेका छन् भने करिब एकहजार पाँचसय घर निमार्णधिन अवस्थामा  छन् ।(रासस)
 

 

प्रतिक्रिया दिनुहोस