काठमाडौँ । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको हो । यो अफर आइतबारदेखि वैशाख १९ सम्म लागु हुनेछ । अफर भ्वाइस र डाटा प्याकेजमा उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अन्तर्गत रु। ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु। ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु। १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु। २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु। ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको उनले बताए । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस वैशाख १९ गते मनाइदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमद्वारा १ करोड २ लाख सहयोग