काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनको हुने राजनीतिक गतिविधि नरोकिए विद्रोह गर्ने चेतावनी दिएका हुन् ।
काठमाडौं–८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना भ्रातृ संगठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन दलहरुलाई सुझाव दिए । कानुनविपरीत राजनीतिक दल र भ्रातृ संगठनका गतिविधिबारे आफूहरुको ध्यानाकर्षण भएको बताउँदै उनले विद्यालयमा हुने झण्डाहरूसहित राजनीतिक कार्यक्रम रोक्न खोज्दा अभद्र व्यवहार गरेको जानकारी गराए । विद्यार्थीहरुको भविश्यमा खेलवाड गर्न नपाइँने भन्दै उनले माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए विद्रोह गर्ने राजनीतिक दललाई चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदीय मर्यादा धान्न नसक्नेलाई राजदूत सिफारिस गरेको भन्दै सांसद श्रेष्ठको विरोध
स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ
खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण
युवाको बजेट गुणात्मक रुपमा बढाउनुपर्छ: मन्त्री श्रेष्ठ
अब खेलाडीहरूले पाउनुपर्ने पुरस्कार पनि छिट्टै निकासा हुन्छ : मन्त्री श्रेष्ठ
सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुन्छ : सांसद श्रेष्ठ