पदीय मर्यादा धान्न नसक्नेलाई राजदूत सिफारिस गरेको भन्दै सांसद श्रेष्ठको विरोध

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १३ : ४५
पदीय मर्यादा धान्न नसक्नेलाई राजदूत सिफारिस गरेको भन्दै सांसद श्रेष्ठको विरोध

काठमाडौँ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अस्थिर राजनीतिले देशको छवि खस्किएको र सरकार परिवर्तनको प्रभाव राजदूत नियुक्तिमा देखिनु दुःखद भएको बताए । श्रेष्ठले राजदूत नियुक्ति निर्देशिका २०७५ पालना नगरी राजदूत नियुक्ति गर्दा त्यस्तो भएको बताए ।

राजदूत लामो समय नियुक्त भएन । दुइ ठूला दल मिलेर सरकार बनेपनि राजदूत नियुक्ति ढिलाइ  किन भएको हो ? भागवण्डाले हो ?‚’ उनले भने ।   सांसद श्रेष्ठले राजदूत पद राजनीतिक भर्तिक केन्द्र नभएको भन्दै राजदूत दलको हुन्छ देशको भन्ने प्रश्न गरे ।