काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी नभएको बताएका छन्। गत चैत ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको भन्ने कुरा सार्वजनिक गरेको पौडेलले बताए । सांसदलाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको पनि उनको भनाइ छ।
‘भित्रभित्रै कार्यविधि बनाइएको सुन्न आएको छ। यसले सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक सङ्कटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रस्ट देखाउँछ,’ पौडेलले भने।
सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सनसमेत दिन नसकेको विषय सार्वजनिक भइरहेको उनले बताए।‘यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका सङ्केत देखाउन थालिसकेको छ,’ उनले भने।
अहिले चुलिँदै गएको आर्थिक सङ्कटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक रहेको उनले बताए।
‘आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब जन्मनासाथ बालबालिकाको यी ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य
विश्व पोलियो दिवस : नेपाल पनि पोलियोको जोखिममा
स्वास्थ्यमन्त्री पौडेल र डा.गोविन्द केसीबिच भेट
हेटौँडास्थित अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी एसियाली केन्द्र बनाउन मन्त्री पौडेलको आग्रह
विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो : स्वास्थ्यमन्त्री पौडेल
बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल