लुम्बिनी सरकार आलोपालो चलाउने सहमति

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, २० : २६
लुम्बिनी सरकार आलोपालो चलाउने सहमति

काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेको छ ।

आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले बताए । तर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएपनि अवधिको बारेमा छलफल नभएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले बताए ।

८७ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका १० सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका २९, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा,लोसपा र जनमतका ३–३ जना, राष्ट्रिय जनमोर्चा,एकीकृत समाजवादी र स्वतन्त्रका एक–एकजना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस