फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भ्रम फैलाउने दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

रासस

मंगलबार, १२ बैशाख २०८०, १५ : १४
फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भ्रम फैलाउने दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौं । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

सोमबार राति ९ः२० मा त्रिवि विमानस्थलबाट दुबई उडेको उक्त जहाजमा इन्जिन फेल भएर आगो लागेको थियो । र, दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको भनिएको थियो ।

यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धानका क्रममा चरा ठोक्किएको प्रमाण नभेटेपछि भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो।

उनीहरुलाई विमानस्थल प्रवेशमा रोकसँगै उनीहरुको एयरपोर्ट पास समेत निष्क्रिय बनाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस