काठमाडौ । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ का विभिन्न स्थानमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।
उनले जसपाका कार्यकर्ताहरुले बुथ कब्जा गरेको आरोप लगाउँदै आफ्नो प्रतिनिधिलाई प्रवेश समेत नदिइएको आइतबार बिहान सञ्चारकर्मीहरुलाई बताए ।
उनले पचरौता नगरपालिकास्थित बेलडाडी मतदान केन्द्रको बुथ कब्जा भएको बताए । ‘पचरौताको बेलडाँगी बुथ कब्जा भएको छ । त्यहाँ हाम्रो बुथ एजेन्टलाई छिर्न दिएको अवस्था छैन ।जसपाका कार्यकर्ताहरुले अवरोध गरेका छन्’, उनले भने ।
उनले देबताल झिपकैया बुथमा पनि त्यही अवस्था रहेको दाबी गरे । सर्वदलीय बैठकको नाममा जबरजस्ती गर्न लगाएर बुथ कब्जाको अवस्था निर्माण गरिएको उनको आरोप छ ।
उनले अन्य एक दुई वटा बुथ पनि कब्जाको स्थितिमा रहेको भन्दै चुनावमा धाँधली गर्न प्रहरी प्रशासनकै मिलेमतो रहेको समेत आरोप लगाए । बारा २ मा पार्टीको पक्षमा माहोल बनाउन राउत लामो समयदेखि खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई दलीय तानाशाही चाहिँदैन : सीके राउत
संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत
सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति
रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत