पहिरोले घर पुर्दा जाजरकोटमा २ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १८ : १८
पहिरोले घर पुर्दा जाजरकोटमा २ जनाको मृत्यु

फाइल फोटो

जाजरेकोट । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जाजरकोटमा २ जनाको मृत्यु भएको छ । जाजरेकोटको जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको हो भने  भने तीनजना घाइते भएका छन् । पहिरोमा  ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  ।

घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था गम्भीर रहेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताउनुभयो । मृतकको शव परीक्षण र घाइतेलाई थप उपचारका लागि सदरमुकाम लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस