काठमाडौँ । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउ“दै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन ।
सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैह्रजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन । ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, पूर्वाग्रही र मानव अधिकारका दृष्टिले समेत गैर जिम्मेवार देखिएको दावी गर्दै पुनः स्वतन्त्र र निष्पक्ष छानवीन तत्काल गर्न माग गरेका छन ।
आयोगको प्रतिवेदनले भ्रम मात्रै सृजना गरेकाले तत्काल निष्पक्ष छानवीन गरी सो घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार र आयोगको गम्भिर ध्यानाकर्षण गराइएको अधिवक्ता रक्षाराम हरिजनले बताउनु भयो । २०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा सुरक्षाकर्मीको गोली लागि ५ जना सर्वसाधारणको ज्यान गएको थियो ।
सोही घटनाका पीडितलाई न्याय नदिने गरी आयोगले प्रतिवेदन तयार पारेको सरोकारवालाहरुको गम्भिर आरोप छ । आयोगको प्रतिवेदनले सुरक्षाकर्मीले गोली चलाएको कुरालाई समेत किटान गर्न नसकेकोमा उनीहरुको आपत्ति छ । यता, राष्ट्रिय मानव अधिकार आयोगले भने सो प्रतिवेदनलाई पुन विश्लेषण गर्ने आश्वासन दिएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले ज्ञापन पत्र बुझ्दै आयोगको प्रतिवेदनमाथि गरिएको टिप्पणीको स्वागत गर्ने र त्यसको गम्भिर विश्लेषण गरेर नया“ निष्कर्षमा पु¥याउने बताउनु भयो । आयोगले प्रतिवेदनमाथि पुनर्विचार गर्ने र पीडितलाई न्याय दिन लागि पर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०७५, १७ : ४१
लेखकबाट थप