काेलम्बाे । श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ ।चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ । चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ । श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाइ चीनमा निकासी गर्नका लागि यसअघि पशुपंक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सबन्धी आवाश्यक कानुन संसोधन पनि गरिसकेको छ ।
श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा ब्यापक रूपमा क्षति हुदाँ किसानलाई मर्का परेको तथा श्रीलंकाको खाध्य चक्रमा नै असर गरिरहेको अवस्थामा बादर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन ।पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका
श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त