एजेन्सी । युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ ।
खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्याएएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान दिएको जनाइएको छ ।
मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन, र रसायनहरू लगायतका वस्तुहरू छन् । गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९.६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ बैशाख २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति