काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो ।
सरकारले हिजो र आजलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दिन तोकेको छ ।
६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयको भनाइ छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै