संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

सफल खबर संवाददाता

बुधबार, ०६ बैशाख २०८०, ११ : २१
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरवारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ । सो बैठकका बारेमा जानकारी दिदैँ  राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको बताए । उनका अनुसार अर्को बैठक कहिले बस्छ, त्यो पनि टुंगो नभएको उनले जानकारी दिए । 

तत्कालिन प्रधानन्यायधिस चोलेन्द्रशमशेर राणाको महाअभियोगको क्रममा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

कायममुकायम प्रधानन्यायधिस कार्कीलाई नै नियुक्ती गर्ने कि अरुलाई भन्ने बारेमा छलफल भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । यद्धपी, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए पछि पहिलो पटक संबैधानिक परिषदको बैठक बसेको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अध्यक्षतामा बसेकाे बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधान तथा कानुन मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस