काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले मन्त्रीस्तरीय निर्णयबाट जारी गरेको कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री बनेको तीन दिनमै लामिछानेले कार्यविधि जारी गरेका थिए । साथै, खरिद कानुनको विपरित प्रतिस्पर्धामा एउटा मात्र कम्पनी सामेल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १९ : २४
लेखकबाट थप