रुपन्देही । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । प्रहरीले एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले विज्ञप्तिमा जनाएका छन्।
अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको सरकारी छापसमेत प्रयोग गरी झुटो भ्रामक विवरण प्रेषित गरेको पाइएको प्रनाउ अर्यालले जानकारी दिए । निजलाई रुपन्देही जिल्ला अदालतबाट सरकारी छाप कीर्ते मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा देखिने शंकास्पद पोस्टहरु क्लिक नगर्न प्रहरीको आग्रह
प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना बढुवा सिफारिस
चितवन तनावग्रस्तः मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते, रास्वपातर्फ कति ?
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप
सुनसरीमा प्रहरीले चलायो गोली
ई-सेवाले प्रहरीलाई दियो ५१ थान मोबाइल सेट