काठमाडौँ । नेपाल टेलिकमले केन्द्रीय कार्यालयको प्रांगण बाहिर केही व्यक्तिहरुले धर्ना दिएकोबारे आम सर्वसाधारण र सञ्चारमाध्यममा समेत भ्रम उत्पन्न भएको भन्दै त्यसबारे स्पष्ट पारेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा कम्पनीले सेवा विस्तार, मर्मत सम्भार लगायतका कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेर सेवा लिने गरेको उल्लेख छ ।
जसअनुसार सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
सोहीअनुसार केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भएर प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको अधिकारीले बताए ।
यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था रहेको उनले बताए । ‘हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ’, टेलिकमले स्पष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध