काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गरेका छन् ।आइतबार प्रतिनिधिसभा सभा बैठकको सुरुमै उनले विषयबस्तु र प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्ना भनाईहरु राख्न सांसदहरुलाई सचेत गराएका हुन् ।
सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, विषयमा आधारित भएर माननीय सदस्यहरुले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ ।सांसदहरुले आकस्मिक समय, शुन्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमै गरिएको हुन्छ । सोही अनुसार सांसदहरुले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्व : सभामुख घिमिरे
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : सभामुख घिमिरे
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै
सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना