‘आउँदिन भन्दाभन्दै म आएँ काठमाण्डु’

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०७५, १६ : ०९
‘आउँदिन भन्दाभन्दै म आएँ काठमाण्डु’

काठमाडौं । जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।  बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो ।
स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।
उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ । केसीलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्याल जुम्लाले जनाएको छ ।

यसअघि आजै केसीले सहयोगिमार्फत एक अडियो सन्देश दिएर विधेयक फिर्ता नलिएसम्म काठमाडौ नजाने र अनसन पनि नतोड्ने बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस