धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
उनको आइतबार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा मृत्यु भएको हो ।
मुटुको बिरामी समेत रहेकी महिलामा चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो केही साता यता सुदूरपश्चिममा कोरोना संक्रमितको वृद्धि हुँदै गएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि
थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
विश्वभर बढे कोरोना संक्रमित, सतर्कता अपनाउन आग्रह
चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु