आफना समर्थकहरुमाथि प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि डा. केसी काठमाडौं आउन तयार

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०७५, १२ : ४१
आफना समर्थकहरुमाथि  प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि डा. केसी काठमाडौं  आउन तयार

काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थक तथा स्थानीयमाथि बल प्रयोग गरेपछि उनी काठमाडौं आउन तयार भएका हुन् । बिहीबार केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्ला पुगेको थियो ।

केसीका समर्थकहरुमाथि प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेको थियो । थप उपचारको लागि काठमाडौं ल्याउन लाग्दा स्थानीयले अवरोध सिर्जना गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएको बताइएको छ ।

केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस