गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । सत्यवती गाउापालिका-४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।
घटनास्थलमा इलाका प्रहरी रिडीबाट प्रहरी निरीक्षक यमलाल बञ्जाडे र प्रहरी चौकी जोहाङ्गबाट प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाटसहितको टोली पुगेको थियो ।प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ । घटना बारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ । खरबारीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०२ बैशाख २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा धान उत्पादन बढ्यो
गुल्मीमा भेटिए ३ सय ५ प्रजातिका चरा, चुनौतीपूर्ण बन्दै काँडे भ्याकुर संरक्षण
गुल्मीमा २३ करोडको सुन्तला उत्पादन