पशु अस्पताल सहितको गौशाला निर्माण गर्ने योजनामा रत्ननगर नगरपालिका

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०७५, १९ : १७
पशु अस्पताल सहितको गौशाला निर्माण गर्ने योजनामा रत्ननगर नगरपालिका

चितवन । रत्ननगर नगरपालिकाले टिकौलीचोरमा पशु अस्पताल सहितको गौशाला निर्माण गर्ने भएको छ । अनुत्पादक र छाडा पशुहरुको व्यवस्थापनको लागि नगरपालिकाले अस्पतालसहितको गौशाला निर्माण गर्न लागेको हो ।

सरकारले बजेट विनियोजन गरेर पनि निर्माण हुन नसकेको रंगशाला निर्माण स्थलमा गौशाला निर्माण गरिने मेयर नारायण वनले बताए । साउनको अन्तिम साताबाट गौशाला निर्माणको काम सुरु गर्ने योजना रहेको उनले बताए । गौशाला निर्माणको लागि नगरपालिकाले जेठ १५ गते सम्पन्न तेश्रो नगर सभाबाट १० लाख रुपैया विनियोजन गरेको छ । अनुत्पादक पशुलाई उपचार गरेर उत्पादनमुलक बनाउन गौलाशामै अस्पताल सञ्चालन गरिने मेयर नारायण वनले बताए ।

अस्पतालमा अनुभवि डाक्टर र पशु स्वास्थ्यकर्मीहरुले पशुहरुको उपचार गर्नेछन । किसानले छाडेका अनुत्पादक पशुहरुले बालीनाली खाएर दुःख दिन थालेको भन्दै मेयर वनले यसको अन्त्यसंगै छाडा पशुको संरक्षण तथा पशु अधिकारलाई ख्याल गरेर अस्पताल सञ्चालन गर्न लागिएको बताए । किसानका खेतखेतमा देखिने छाडा चौपायालाई नगरपालिकाले व्यवस्थापन गरी पशुपालक किसानहरुको फाईदाको लागि गौशाला कोसेढुंगाा सावित हुने मेयर वनको भनाइ छ ।

“दुध दिने बेला सम्म स्याहार सुसार गरेर पाल्ने र दुध दिन छाडेपछि मध्यरातका लखट्ने प्रवृति अहिले हावी छ” मेयर वनले भने “हामी यसको अन्त्य गर्न चाहान्छौं अनुत्पादक पशुका मालिकहरुबाट एक हजार रुपैया शुल्क लिएर शौलामामा पशु राख्ने र उपचार गरेर सो पशुलाई उत्पादन मुलक बनाएर पुन किसानले लैजान सक्ने व्यवस्था मिलाइने पशु शाखा प्रमुख शालिकराम पौडेलले बताए ।
पशुहरुको उपचारको लागि डाक्टर र स्याहार सुसारको लागि कामदार राखिने छ । १०० वटा सम्म पशुहरु राख्न सक्ने क्षमताको गौशाला निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस