प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाइने : अर्थमन्त्री खतिवडा

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०७५, १८ : ३२
प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाइने :  अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाउन जोड दिइएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले मुलुकको उत्पादकत्व बढाउनका लागि सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहु“च बढाउने विषयलाई सरकारले बजेटमार्फत् जोड दिएको स्मरण गराउनु भयो ।

बुधबार प्रवासी नेपाली मंच, अमेरिकाले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समावेशी समृद्धिका लागि सम्भावना र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा उहा“ले प्रविधिमा सबै नागरिकको पहुँच वृद्धि गरेर मात्रै मुलुकलाई विकासशील राष्ट्रको सूचिमा पु¥याउन ढिलाई नहुने धारणा राख्नु भयो । अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको समृद्धिका लागि स्वस्थ र शिक्षित नागरिकको परिकल्पना गरेकाले बजेट तथा नीति र कार्यक्रममा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएको तर्क गर्नु भयो ।
कार्यक्रममा अमेरिकास्थित युनिर्भसिटी अफ मिनासोटाका सह–प्राध्यापक डाक्टर सतिश देवकोटाले नेपालको समृद्धिका लागि तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सुशासनको मात्रा बढाउन सके नेपालको समृद्धिका लागि आवश्यक लगानी आफैं भित्र्ने दावी पनि गर्नु भयो ।
सह–प्राध्यापक देवकोटाले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउन तत्कालका लागि करिव २२ प्रतिशत पूँजी अभाव हुने प्रक्षेपण पनि गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस