काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अव अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्याए। मंगलबार काठमाडौँमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे । उनले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।
महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरिन् । शिक्षकहरुलाई खुसी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाई थियो । महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
सहकारी ठगी होस् कि मानव तस्करी, कानूनविपरीत काम गर्नेहरू अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा
तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा