एजेन्सी । फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी ५ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन ।
फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेकासमेत छन्, ‘हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’
हिम पहिरो गएको स्थानमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाईएको छ । समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ चैत्र २०७९, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह