कैलालीको भेटिएका दुई वटा प्रेसर कुकर बम डिस्पोज

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०७५, १४ : १७
कैलालीको भेटिएका दुई वटा प्रेसर कुकर बम डिस्पोज

फाइल फोटो

कैलाली ।  कैलालीको लम्की चुहा नगरपालिका–१, लम्कीबजारमा बुधबार बिहान भेटीएका दुई वटा प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।
लम्की चौराहानजिक रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेको थियो । अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको प्रहरीले जानकारी दिएको छ ।
बम गोरंगेस्थित नेपाली सेनाको बम डिप्पोजल टोलीआएर बम डिस्पोज गरेको ईलाकाप्रहरी कार्यालय लम्कीप्रमुख सुरेन्द्र जोशिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस