काठमाडौँ । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ । युएसएआडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो जडान गरेको हो ।
कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।
कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको र जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्ब गर्नेछ । ‘३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुराउँदछ’, मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारले भने, ‘उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १० : ५२
लेखकबाट थप