संस्थागत भ्रष्टाचार जरैसम्म पुग्यो : सांसद ढकाल

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, १४ : ४०
संस्थागत भ्रष्टाचार जरैसम्म पुग्यो : सांसद ढकाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताए ।

उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको बताए ।

प्रतिक्रिया दिनुहोस