काठमाडौं । एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले देशभरीका वडालाई सोही अनुसार गर्न निर्देशन दिएको छ।
एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा निर्देशन दिँदै विभागले मावलीकै थरबाट जन्मदर्ता हुने स्पष्ट पारेको हो।
विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने', निर्देशनमा भनिएको छ।
त्यसैगरी, विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन विभागले निर्देशन दिएको छ।
जस अनुसार बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिने विभागले भनेको छ।
'प्रकरण नं. (१) र (२) बाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यस अघिका परिपत्रअनुसार गर्ने निर्देशन दिइएको छ', विभागको परिपत्रमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ: गृहमन्त्री लेखक
आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
ओभरलोडका कारण गाडी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार
प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल