काठमाडौँ।चोरीको स्कुटर सहित भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा, काभ्रेपलाञ्चोककै तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षकै कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत पुस १७ गते काठमाडौँको रातोपुलबाट हराएको बा ५४ प ९३ ३९ नम्बरको स्कुटर संजिवले भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाईरहेको पाईएपछि संजिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको समेत खुलाए पछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी आज प्रहरी वृत्त गौशाला पठाइएको छ ।
उक्त चोरी भएको स्कुटर उदयपुरको चौदण्डीगढी नगरपालिका १० घर भई हाल काठमाडौँको बानेश्वर बस्ने धन बहादुर राउतले काठमाडौँको रातोपुलबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले चोरीको स्कुटर सहित तिनै जनालाई भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डु बजारबाट नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरको चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी
नैकाप क्षेत्रमा शृङ्खलाबद्ध चोरी
मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ
पार्किङ गरिराखेको स्कुटरबाट २ लाख ४० हजार रुपैयाँ चोरी