१४ सहकारीको अनुमतिपत्र रद्द, कुन-कुन परे ?

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०७५, १३ : ५४
१४ सहकारीको अनुमतिपत्र रद्द, कुन-कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्न अनुमति दिएको १४ सहकारीको अनुमतिपत्र रद्द गरेको छ । साथै, सीमित बैकिङ कारोबार गर्न दिएको सहकारीलाई राष्ट्र बैंकले आफ्नो नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग पारेको जनाएको छ ।

मौद्रिक नीतिले नै सिमित बैकिङ कारोबार गर्न केन्द्रिय बैंकले अनुमति दिएको सहकारीलाई २०७५ साउन १ गतेदेखि नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग गराउने भनेको थियो । सोही कार्यान्वयनको लागि केन्द्रिय बैंकले सुचना जारी गरेर आजबाट अलग गरेको जनाएको छ ।

आजकै मितिबाट लागु हुने गरी धनगढीको नवजीवन सहकारी संस्था, काठमाडौ क्षेत्रपाटीको सगुन सहकारी संस्था, बानेश्वरको नेपाल सहकारी वित्तिय संस्था, सर्लाहीको द साहारा लोन सेभिङ कोअपरेटिभ सोसाइटी, काभ्रेको विन्दबासिनी सहकारी सँस्था, कुलेश्वरको महिला सहकारी संस्थाको अनुमति पत्र रद्द भएको हो ।

यस्तै सहकारी वित्तिय विकास संस्था, मनकामना सहकारी संस्था, भेरी सहकारी वित्तिय संस्था,  विकु बचत तथा ऋण सहकारी संस्था,स्टार बहुउदेश्यीय ऋण तथा सहकारी संस्था, हिमालय सहकारी संस्था र उपकार ऋण तथा बचत सँस्था गरी १४ वटा सहकारीको पनि अनुमतिपत्र रद्द भएको छ ।

प्रतिक्रिया दिनुहोस