काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको प्रस्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।त्यसअघि जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिएका थिए ।
खानलाई बधाई दिँदै उनले लेखेका छन्, ‘मा। अब्दुल खानलाई धेरैधेरै बधाई छ– उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’सीके राउतले आफूहरु जनताको सेवक रहेको पनि जनाएका छन् । उनले लेखेका छन्, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको बाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई दलीय तानाशाही चाहिँदैन : सीके राउत
संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत
सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति
रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत