काठमाडौं । १० दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा लगभग सहमति भएकाे जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्रोतका अनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।तर कुन दलले कुन मन्त्रालय लिने अझै टुंगो लागिसकेको छैन।
दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ। मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग अझै एकपटक छलफल हुने पनि नेता श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै