काठमाडौँ । मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताए । ‘काठमाडौँको भित्री भागमा अहिले परीक्षण भइरहेको छ’, उनले भने, ‘बिष्णुमतिबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ ।’
उनका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलङ्की–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ । स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप विच्छ्याउन नै बाँकी छ । गत महिनामा काठमाडौँ उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या बिस्तारै कम भएको कार्यालयको दाबी छ ।
परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उनले बताए । चक्रपथभित्र एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप विच्छ्याउन सुरु गरिएको थियो । हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्याङ्की सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ । जसमध्ये केही ट्याङ्की सञ्चालनमा आइसकेका छन् । नयाँ पाइप प्रयोग भएपछि सबै ट्याङ्की सञ्चालनमा आउने उनको भनाइ छ । हाल कार्यालयले घर–घरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ । एक हजार पाँच सयदेखि एक हजार छ सय घरलाई एउटा क्षेत्र बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती नदीमा छाडियो मेलम्चीको पानी
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने
मेलम्चीमा आयो बाढी, अस्थायी पुल बगायो
आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै