काठमाडौं । बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गरे ।
बुधबारको सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उनले विषयगत मन्त्री संसदमा आएर विधेयक पेस गर्नेभन्दा महत्वपूर्ण अर्काे के काम हुन्छ भन्दै प्रश्न गरे ।
संसदले काम गर्न नसकेको भनेर सञ्चार माध्यममा समाचार आइरहेको भन्दै उनले संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको भए पनि सबै दलहरु आरोपित हुनुपरेको बताए । सरकारका नाममा संसदको गरिमा घटाउने कार्य बन्द गर्न रुलिङ जारी गर्न उनले सभामुख देवराज घिमिरेसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो : सांसद पन्त
सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔं : रघुजी पन्त
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति रघुजी पन्तले जनाए आपत्ति
धारा ७६ (२) कि (३) को सरकार भन्ने राष्ट्रपतिको कुरा हो : रघुजी पन्त
सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताको विषय छानबिन गर्न माग
जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ : रघुजी पन्त