एन आई सी एशिया बैंककोे एकैसाथ तनहूँका दुइ स्थानमा शाखारहित बैंकिङ्ग सेवा

सफल खबर संवाददाता

सोमबार, ३२ असार २०७५, १३ : ३९
एन आई सी एशिया बैंककोे एकैसाथ  तनहूँका दुइ स्थानमा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले तनहूँ शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौंधौं र पन्ध्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने उद्देश्यका साथ गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस