विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।
प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।
मंगलबार प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर
राजस्व अभिवृद्धि र चुहावट रोक्न विराटनगरमा गोष्ठी