काठमाडौँ । भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न भनेको छ। लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच लोकसभाको वेबसाइटबाट पनि उनको नाम हटाइएको छ। लोकसभा सचिवालयका अनुसार राहुल गान्धी निर्वाचित भएको निर्वाचन क्षेत्र वायनाडलाई खाली घोषित गरिएको छ। निर्वाचन आयोगले उक्त क्षेत्रमा चुनाव घोषणा गर्न सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत
'मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ' : राहुल गान्धी
एक्जिट पोल 'मोदी मिडिया पोल' हो, सरकार हाम्रै बन्छ : राहुल गान्धी