काठमाडौं ।नेपाल बैंक लिमिटेडले आफ्नो २२८औँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रवार बैंकले भरतपुर महानगरपालिका–१० हाकिम चोकमा आफ्नो २२८औँ शाखाको विस्तार गरेको हो ।समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा ताम्र पत्र अनावरण गरी शाखा समुद्घाटन गरेका हुन।
प्रादेशिक कार्यालय बागमती प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतो लगायत उपस्थित रहेको बैंकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना
नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैंकिङ कारोबार सम्झौता
नेपाल बैंकको लेखापरीक्षकमा तीन जना नियुक्त