काठमाडौँ । नेपालको प्रचलित कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष हो भने १८ वर्षको उमेरसम्मका ब्यक्तिलाई बालबालिका नै मानिने कानुनी व्यवस्था छ । तर २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको सार्वजनिक नतिजा अनुसार १५ देखि १७ वर्षको उमेरमा विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत रहेका छन् ।
पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा गर्नेहरु ३४ दशमलव ४ प्रतिशत रहेका छन् ।प्राप्त नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । कुल जनसंख्याको विवाहित मध्ये पुरुष ५९.१ प्रतिशत र महिलाहरु ६४.३ प्रतिशत रहेका छन् ।
दश वर्षमूनिको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत छन् भने १० देखि १४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउने आंकडा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
गायिका स्मिता दाहालले गरिन् बिहे
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी
मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशतभन्दा बढी