काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा फोन सम्पर्कमा समस्या देखिएको छ । जसका कारण लाखौँ सेवाग्राहीले सास्ती खेप्नु परेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएकोले केही समय डिस्टर्व भएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिँदा फोन नलाग्ने समस्या देखिएको छ, हामीले समाधान गरिसकेका छौँ,’ अधिकारीले भने ।
मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । पौने १० बजेदेखि ४० मिनेट जति समस्या देखिएको प्रवक्ता अधिकारीले बताए पनि सेवाग्राहीहरूले भने बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो गरेका छन् ।
विश्व दूरसञ्चार दिवसको अवसर पारेर २०७८ जेठदेखि नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर(भीओ) एलटिई सेवाको परीक्षण सुरु गर्दै मोबाइलमा हाई डेफिनेसन(एचडी) भ्वाइससहित ग्राहकहरूले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमको दाबी थियो ।
नेपाल टेलिकमको सेवामा पटक–पटक समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् । उपकरणदेखि जनशक्ति व्यवस्थापनसम्ममा देखिएको चरम लापरबाहीकै कारण संस्थाले यस्तो समस्या व्यहोरिईरहेको र नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा चासो नदिँदा फेरी कुन बेला के हुने हो भन्न नसकिने टेलिकमका अधिकारीहरूको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा