एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०७५, १३ : ३५
एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले पर्वतको फलेवास नगरपालिका थापाठानामा र बर्दियाको बडैयाताल गाउँपालिका सितलाबजारमा आफ्नो बार्हौ र तर्हौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस