भैरहवा । भैरहवामा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डाक्टर सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो ।
भैरहवाको ओजस अस्पतालबाट स्तन क्यान्सरको सबै उपचारको व्यवस्था गरिएको छ । हालै मात्रै स्तन क्यान्सरको सफल शल्यक्रिया गरेका डाक्टर पाण्डेले अब स्तन क्यान्सरको भैरहवामै शल्यक्रियासम्मको उपचार हुने जानकारी दिए ।क्रमिक रुपमा स्तन क्यान्सरका बिरामीहरूको संख्या बढ्दै गएको छ । जनचेतनाको अभाव र पहुँच नहुँदा कतिपयको ज्यान जाने गरेको भए पनि स्तन क्यान्सरको उपचार कम खर्चिलोमै गराउन सकिने गरी सेवा भैरहवामा सुरु भएको छ ।
चितवन, काठमाडौँलगायतका क्षेत्रमा हुँदै आएको शल्यक्रिया अब अत्याधुनिक तरिकाले भारतको मेदान्ता जस्तो स्तरको शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने गरी व्यवस्था मिलाइएको डाक्टर पाण्डेले भने।महिलामा मात्रै नभएर पुरुषमा पनि स्तर क्यान्सर हुन सक्छ । महिला भन्दा पुरुषको स्तन क्यान्सर घातक मानिन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार अहिलेकै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँच मध्ये एक जनालाई ७५ वर्ष अघि नै स्तन क्यान्सर हुने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्तनको शल्यक्रिया गराउने एक बेलायती मोडलको मृत्यु