बालुवाटार अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी कृष्ण पहाडीसहित ३१ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ३० असार २०७५, १३ : ५३
बालुवाटार अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी कृष्ण पहाडीसहित ३१ जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग सहित बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । मानवअधिकारकर्मीहरुले विभिन्न माग राख्दै जुम्लामा अनसनरत केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस