दिनेश बास्तोला
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडाकाँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लंदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।।
रम्घाको शीत छायाँले एउटा फूल फुलाएछ ।
हृदयपुरीको माझ एउटा नाम पलाएछ ।
खोज्दछन् साहित्यपे्रमी भानुभक्त नाम कवि ।
कृतिको रचनाले नै प्रष्टिन्छ उनको छवि ।।
भानुभक्त कवि जन्मे घाँसीको प्रेरणामा ।
जन्मिउन भानुजस्तै कवि नेपाली काखमा ।
युग युग बाँचिरहून् भानु नेपाली माझमा ।
श्रद्धाको दुई थोपा भानुको सम्झनामा ।।
-नगरकोट, भक्तपुर
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०७५, १२ : ४४
लेखकबाट थप