अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी चौथो अर्घाखाँची प्रिमियर लिगको उपाधि इलाभेन ब्रदर्श डिभर्नाले हात पारेको छ ।फाइनल खेलमा रोयल सन्धिखर्कलाई फराजिलो अन्तरले पराजित गर्दै डिभर्नाले उपाधि जित्न सफल भएको हो ।इलाभेन ब्रदर्श डिभर्नाले दिएको १२१ रनको विजयी लक्ष्य भेट्याउने क्रममा रोयल सन्धिखर्क ३४ रनमा अलआउट भएको हो ।
क्रिकेट प्रतियोगितामा पुष्प वारीयर्सका खेलाडी सागर चौहान १४७ रन सहित बेस्ट ब्याटमेन भएका छन् भने रोयल सन्धिखर्कका विजय भट्टराई १४ विकेट लिएर बेस्ट बलर भएका छन् । अर्घाखाँची क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा चार टिमले सहभागीता जनाएका थिए । प्रथम तथा द्वीतिय भएका टिमहरुलाई जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला सहितका अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १० : ५६
लेखकबाट थप