गंगामायाले तोडिन अनशन : १० दिनमा माग पूरा नभए पुनः अनशन बस्ने

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०७५, १९ : ०१
गंगामायाले तोडिन अनशन : १० दिनमा माग पूरा नभए  पुनः अनशन बस्ने

काठमाडौं ।  सरकारले ०७१ सालमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनशन तोडेकी छिन् । 
शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अधिकारीको अनसन तोडाएका हुन् ।  

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै जेठ १५ गतेदेखि अनसनमा बसेकी थिइन् । अनसन तोड्दै गंगामायाले १० दिनसम्म जुसमात्रै खाएर बस्ने र सरकारको प्रतिबद्धतालाई हेर्ने बताएकी छन् । १० दिनमा केही प्रगति भएन भने म फेरि अनसन बस्ने बताएकि छन् । कानुनमन्त्री तामाङका अगाडि अधिकारीले छोराको हत्याराहरु तत्काल पत्ता लगाउन आग्रह गरिन् ।

 

प्रतिक्रिया दिनुहोस