सलमान खानलाई नेपाल ल्याउन न सकेपछि ओडिसीका म्यानेजर सिमान्त गुरुङ पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०७५, १८ : ४९
सलमान खानलाई नेपाल ल्याउन न सकेपछि ओडिसीका म्यानेजर सिमान्त गुरुङ पक्राउ

काठमाडौं । भारतीय अभिनेता सलमान खानसहित अन्य भारतीय कलाकारहरुलाई काठमाडौं ल्याउने भन्दै ‘दब्याङ टुर’ आयोजना गर्ने भनेर टिकट विक्री गरी ठगेको आरोपमा ओडिसी इन्टरटेनमेन्टका म्यानेजर रविन केसी पनि पक्राउ परेका छन् ।
सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।  

उक्त कार्यक्रम गत वर्ष फागुन २६ गतेका लागि तय गरिएको थियो । तर, विप्लव माओवादीको धम्कीका कारण स्थगित भयो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ मिति २ जेठका लागि तोकेको थियो ।

यद्यपि, सलमान खान कालो हरिण शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएपछि कार्यक्रम अनिश्चित भएको थियो । गुरुङले यसअघि सन् २०१३ मा पनि यूकेको चर्चित ब्याण्ड डिप पर्पल ल्याउने भन्दै पैसा उठाएका प्रहरीको भनाइ छ । तर, त्यसपटक पनि उक्त ब्याण्ड नेपाल आएको थिएन ।

प्रतिक्रिया दिनुहोस